• Monday 19th of October 2026

बजेटको सिद्धान्तबारे गोकुलको कटाक्षः कहाँ थियौं हिजो तिमी रंगमञ्च उठेपछि आयौ


  • धनकुटा खबर
  • .

काठमाडौं,५ चैत । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले पूर्व अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको आगामी आर्थिक र्वाको बजेटका सिद्धान्त र प्राथमिकतालाई पुर्नलेखन गर्न माग गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै बाँस्कोटाले महतले ल्याएको बजेटका सिद्धान्त कहाँ थियौं हिजो तिमी रंगमञ्च उठेपछि आयौ भन्ने अन्जु पन्त र शिव परियारको गीतको जस्तो भएको टिप्प्णी गरे ।

उनले कटाक्ष गर्दै भने, ‘यो अन्जु पन्त र शिव परियारको गीतको जस्तो भयो । कहाँ थियौं हिजो तिमी रंगमञ्च उठेपछि आयौ । समयले जवानी लुटेपछि आयौ । यो केमा छलफल गर्ने ? यसको अपनत्व कसले लिने ? अहिले हामीले छलफल गरिरहेको डकुमेन्टको अपनत्व अर्थमन्त्रीले लिन सक्नुहुन्छ कि हुँदैन ? यही लिनुहुन्छ भने त यहाँ समाजवाद होइन । संविधानको कार्यान्वय होइन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖