• Monday 19th of October 2026

महरा नर्भिक अस्पतालमा भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरालाई थापाथलीस्थित नर्भिकमा भर्ना गरिएको हो ।

सुन तस्करी प्रकरणमा पक्राउ महराको उपचारको व्यवस्था गर्न अदालतले आदेश दिएको थियो । साथै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

महरालाई सीआईबीको टोलीले सोमबार जरुरी पक्राउ पुर्जी दिएर कपिलवस्तुबाट पक्राउ गरेको थियो । कपिलवस्तुबाट पक्राउ गरेर जहाजमा भैरहवा हुँदै काठमाडौं ल्याएर सीआईबीको हिरासतमा राखिएको छ ।

उनलाई भेपमा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖