• Monday 19th of October 2026

प्रतिनिधि सभामा आज सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत ६ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक पटक संसद्मा प्रधानमन्त्रीको जवाफ माग्दै आएका छन् ।

प्रधानमन्त्रीले यसअघि फागुन ६ गते सांसदले राखेका प्रश्नको जवाफ दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖