काठमाडौं । नेकपा एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा लक्ष्मी बुढा निर्वाचित हुनुभएको छ ।
पार्टीको नवौँ जिल्ला अधिवेशनबाट बुढा सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षमा जनकराज अवस्थी निर्वाचित हुनुभएको छ ।
यसै गरी सचिवमा पल्लवराज भट्ट निर्वाचित हुँदा उपसचिवमा अशोक चन्द र राजीव खड्का निर्वाचित हुनुभएको छ । पाँच दिनसम्मको सहमतिको प्रयासपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
