• Monday 19th of October 2026

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत


  • धनकुटा खबर
  • .

महेन्द्रनगर- नेकपा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएकी छिन्।

यसअघि कार्यवाहक अध्यक्ष रहेकी बुढालाई नवौँ अधिवेशनले सर्वसम्मत अध्यक्ष बनाएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनीयताको शपथ लिएका छन्।

उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खड्का चयन भएका छन्।

निर्वाचनका बेला बनाइएको अध्यक्ष मण्डलले पदाधिकारीमा आकांक्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖