• Monday 19th of October 2026

प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ


  • धनकुटा खबर
  • .

६ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु हुन ढिलाइ भएको छ । बिहान ११ बजे बोलाइएको बैठक पौने १२ बजेसम्म सुरु हुन सकेको छैन ।

मंगलबार प्रतिनिधि सभामा सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा बोल्ने कार्यक्रम छ ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा अनुन्धानमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ । यी लगायतका विषयमा प्रधानमन्त्रीले जवाफ दिनेछन् ।

मंगलबार नै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ ।अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रि-बजेट छलफल जारी रहने पनि कार्यसूची छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖