• Monday 19th of October 2026

लाइसेन्स हुँदा पनि किन पक्राउ परे दुर्गा प्रसाईंका बडिगार्ड ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । सोमबार सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडिगार्ड हतियारसहित पक्राउ परे । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिताल रहेका थिए ।

सोमबार सर्वोच्च अदालत परिसरबाट उनीहरू पक्राउ परेलगत्तै व्यवसायी दुर्गा प्रसाईंले हतियारको लाइसेन्स रहेको र लाइसेन्स रहेको व्यक्तिले हतियार बोक्दा पनि पक्राउ गर्नु आपत्तिजनक भएको टिप्पणी गरेका थिए । तर प्रहरीले भने प्रसाईंले लिएको हतियारको लाइसेन्स रहेको भए पनि हतियारको बाहक अर्कै व्यक्ति भएको र संवेदनशील क्षेत्रमा हतियार बोकेर गएको कारण पक्राउ गरिएको स्पष्ट पारेको छ ।

इटालीमा बनेको सेमी-अटोमेटेड र फोल्डिङ गर्न मिल्ने पोइन्ट २२ को उक्त हतियार प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७९ पुस ७ गते लाइसेन्स लिई दीपक खड्कालाई बाहक बनाएका थिए । हतियार चलाउन जान्ने सीप पनि चाहिने भएकाले प्रसाईंले उक्त हतियार चलाउनका लागि भन्दै दीपक खड्कालाई बाहकका रूपमा राखेका थिए ।

लाइसेन्स दिने समयमा नेपालभर जुनसुकै क्षेत्रमा लिएर हिँड्न पाउने र आवश्यकतामा प्रयोग गर्न पाउने गरी लाइसेन्स नम्बर १०१३१ बाट दिइएको थियो । तर सोमबार उक्त हतियार प्रसाईंका बडीगार्ड दीपक खड्काले बोकेको नभई रामकुमार धितालले बोकेका थिए । त्यसबाहेक सर्वोच्च अदालत परिसरभित्र छिर्दा चेकजाँच गराई हतियार रहेको स्वघोषणा गरेर मात्रै अनुमति भएमा लैजान पाइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖