• Monday 19th of October 2026

अवतरणका क्रममा श्री एयरको जहाजको चक्का फुस्किएर झाडीमा पुगेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ चैत । धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ ।हिजो सोमबार काठमाण्डौंबाट धनगढी गएको एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको जहाज ल्याण्ड गर्ने समयमा एउटा चक्का फुस्कीएको हो।

अवतरणका क्रममा फुस्किएको चक्का विमानस्थल कार्यालयमा तैनाथ प्रहरी र विमानस्थलका कर्मचारीले झाडीमा फेला पार्नुभएको थियो । जहाज अहिले धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको छ। प्राविधिक जाँच गरेपछि मात्र उड्न अनुमति दिइनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖