• Monday 19th of October 2026

कांग्रेसलाई केपी ओलीको जवाफ: छानबिन समिति बन्दैन


  • धनकुटा खबर
  • .

काठमाडौं,६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्नुपर्ने नेपाली कांग्रेसको माग जायज नभएको बताएका छन् ।

आज बसेको संसद् बैठकबाट बाहिरिनेक्रममा संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले छानबिन समिति असम्भव रहेको जवाफ दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘सरकारबाट बाहिर हुनेबितिकै कांग्रेसजस्तो पार्टीले आक्रोश, उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गर्नु हुँदैन ।’

आजको प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तरमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि निर्दोस रहेको जिकिर गरेका थिए । तर, लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउन माग गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖