• Monday 19th of October 2026

सभामुख र चार जना प्रमुख सचेतकसहित १० सदस्यीय टोली आज जेनेभा जाँदै, १० दिनका लागि संसद् स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत ८ । सभामुख देवराज घिमिरे र शीर्ष राजनीतिक चार दलका प्रमुख सचेतकसहित १० सदस्यीय टोली आज जेनेभा प्रस्थान गर्दैछ।

अन्तर व्यवस्थापिका संसद् (आइपीयू)को सम्मेलनमा भाग लिन उक्त टोली आज साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत् जेनेभा जान लागेको हो।

टोलीमा सभामुखसहित नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार रहेका छन् ।

टोली चैत १६ गते नेपाल फर्किने तालिका अनुसारप्रतिनिधिसभा १० दिनका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖