• Monday 19th of October 2026

सरकारी वकिल कार्यालयमा विनोद चौधरी, बयान सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत ८ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को समन्वयमा सरकारी वकिल कार्यालय काठमाडौंले उद्योगपति विनोद चौधरीसँग बयान लिन सुरु गरेको छ।

अघि बिहान आठ बजे आफैँ सरकारी वकिल कार्यालय पुगेका चौधरीलाई सीआईबीले बयान लिन सुरु गरेको गरेको हो। उनका माइला भाई वसन्त चौधरीलाई सिआइबीले बुधवार सोधपुछ गरेर छाडेपछि आज बिहान सांसद चौधरीसँग बयान लिन सरकारी वकिल कार्यालयमा बोलाइएको थियो।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको विषयमा सिआइबीले अनुसन्धान अघि बढाएको थियो। हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।

अर्बपति व्यवशायी एवं सांसद विनोद चौधरीमा कान्छा भाई अरुण चौधरीलाई १८ माघमा पक्राउ गरेर अनुसन्धान थालेको थियो। त्यसैगरी माइला भाई वसन्त चौधरीलाई सोधपुछ गरेर छाडेपछि सिआइबीले उनलाई बोलाएर सरकारी वकिलको रोहबरमा बयान लिन थालेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖