७ चैत, काठमाडौं । बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा उद्योगी विनोद चौधरीले इन्कारी बयान दिएका छन् ।
उनले बाँसबारी छालाजुत्ताको सरकारी जग्गा कानुन बमोजिम नै हालको सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको बयान दिएका जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणमा अनुसन्धानका लागि चौधरीलाई बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बोलाएको थियो ।
बयानका क्रममा चौधरीलाई जग्गा फिर्ता प्रक्रिया अघि बढाए मुद्दा नचल्ने भनिएको थियो । तर चौधरीले भने आफ्नो तर्फबाट कुनै गल्ती नभएकाले कानुन बमोजिम भोग्न तयार रहेको बयान दिएका स्रोतको भनाइ छ ।
