• Monday 19th of October 2026

यी प्रदेशमा वर्षा हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली भएको छ ।

अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ । काठमाडौंमा मध्याह्नपछि वर्षा सुरु भएको हो । कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ ।

विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित छिटपुट वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖