• Monday 19th of October 2026

सीआईबीले महरालाई लगायो छोराको जिम्मा


  • धनकुटा खबर
  • .

काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ गरिएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा रिहा गरिएको छ ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडेको हो । महराको स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छाडिएको सिआइबी स्रोतले बताएको छ ।

हाजिरी जमानीमा छाड्नका लागि महराको फाइल सरकारी वकिल कार्यालयमा पठाएको थियो ।सरकारी वकिल कार्यालयको रायपछि सीआईबीमा कागज गराएर महरालाई परिवारको जिम्मा लगाइएको हो ।
सीआईबीले महरालाई छोरा निर्मलको जिम्मा लगाएको छ ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ पर्नुभएका उहाँमाथि चार दिनको म्याद लिएर सिआइबीले अनुसन्धान गरिसकेको छ ।

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट ९भेप० मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अघिल्लो पटक सिआइबीले उनीमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖