• Monday 19th of October 2026

सरकारले गर्‍यो दुई सचिवहरूको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले दुई सचिवहरुको सरुवा गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा फणिन्द्र गौतमलाई सरुवा गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको छ ।

उनी हाल सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत छन् । स्रोतका अनुसार शुक्रबार गौतमले कानुन मन्त्रालयमा भएको सरुवाको पत्र बुझेका छन् । गौतमले अब कानुनमन्त्री पदम गिरीको टिममा रहेर काम गर्नेछन् ।

हाल कानुन मन्त्रालयका सचिव रहेका उदयराज सापकोटाको सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा भएको छ । सापकोटा गत साउनमा कानुन मन्त्रालयको सचिव बनेका थिए । १९ भदौमा सचिवमा बढुवा भएका गौतमको भने सत्य निरुपण आयोगमा पदस्थापन भएको थियो ।

स्रोतका अनुसार सोमबारसम्म श्रम मन्त्रालयमा पनि नयाँ सचिव जाने छन् । ‘प्रदेशमा पदस्थापन भएर काम गरिरहेका मध्येबाट एक जना श्रमसचिव हुने निश्चितजस्तै छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,’ पत्र नबनिन्जेलसम्म कुनै कारणले प्रस्तावित नाम हेरफेर भएन भने अरू केही मन्त्रालयमा पनि प्रशासनतर्फका नयाँ सचिवहरू जानुहुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖