• Monday 19th of October 2026

तनहुँमा पर्यटक बस दुर्घटना : छ जना पर्यटक घाइते


  • धनकुटा खबर
  • .

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा आज बिहान पर्यटक बस दुर्घटना हुँदा छ जना चिनियाँ पर्यटक घाइते भएका छन् ।

पोखराबाट काठमाण्डौका लागि छुटेको बा १ प ११३९ नम्बरको पर्यटक बस पल्टिँदा घाइते भएकाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । बसमा २६ जना यात्रु थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖