• Monday 19th of October 2026

चरेशसहित ३ जना पक्राउ


  • धनकुटा खबर
  • .

वीरगञ्ज – चरेशसहित तीन जना पक्राउन परेका छन्। पक्राउ पर्नेमा भारत बिहार जिल्ला सिवान बस्ने २४ वर्षीय महमद आलम, सोही स्थानका २२ वर्षीय आरिफ राजा र धादिङ गजुरी गाउँपालिका–८ बस्ने २९ वर्षीय सुरेश तामाङ छन्।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकमा चेकजाँच गर्ने क्रममा आलमलाई स्रोत नखुलेको साढे दुई लाख रकमसहित पक्राउ गरेको थियो।

पक्राउ परेका आलमलाई सोधपुछ गर्ने क्रममा उनी चरेश खरिद गर्न आएको खुलेपछि प्रहरीले वीरगञ्ज महानगरपालिका–८ स्थित नारायणी गेष्ट हाउसबाट तामाङ र भारतीय नागरिक राजालाई १२ केजी २४० ग्राम चरेशसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖