काठमाडौँ । नेपाल सरकारकारले चैत ११ र १२ गतेका लागि सार्बजनिक बिदा दिएको छ ।
फाल्गुण शुक्लपक्ष पूर्णिमाका दिन मनाइने पर्व फागुपूर्णिमाको अवसरमा संघीय सरकारले सार्बजनिक बिदा दिएको हो ।
प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी भेगमा चैत ११ गते र तराईमा १२ गते भव्यताका साथ मनाइँदैछ।
सरकारले वार्षिक क्यालेन्डरमै राखेर ११ गते पहाडी क्षेत्रमा र १२ गते तराईमा सार्बजनिक बिदा दिएको हो ।
