• Monday 19th of October 2026

मलाई नेपालमा कस्ले छुन्छ भन्ने दम्भका साथ हिँड्ने विनोद चौधरीलाई पनि बयानमा बोलायौं : स्वर्णिम वाग्ले


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपा उपसभापति स्वर्णिम वाग्लेले रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि सकारात्मक सन्देश देखिन थालेको बताएका छन्। वर्तमान सन्दर्भमा रास्वपाको रणनीतिक विषयमा छलफल कार्यक्रममा बोल्दै गृहमन्त्रीले राम्रा कामको सुरुआत गरेको बताए।

उनले भने, ‘फाइलहरु लुकाउने हामीहरुले सुनिरहेका थियौं। उहाँहरुले ती फाइलहरु टक्टक्याउन थाल्नुभएको छ। तपाईंहरुलाई थाहा छ कृष्णबहादुर महरा भनेको चानचुने मान्छे होइन, प्रधानमन्त्रीको अनन्य मित्रलाई पनि हामीले कानूनको घेरामा ल्याएका छौं। त्यो सानोतीनो कदम होइन। सत्तारुढ दलको उपाध्यक्षलाई पनि कानूनको घेरामा ल्याउन सक्छौं भने अरु त यीनको तुलनामा ठूलो होइन।’

उनले नेपालका एकमात्रै डलर अर्बपति नेपालमा कसले छुन्छ र भन्ने दम्भका साथ हिँड्ने विनोद चौधरीलाई समेत बयानमा बोलाएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖