• Monday 19th of October 2026

आकाशमा होस्, पातालमा होस्, जिबी राईलाई समातेर ल्याउँछौँ : गृहमन्त्री लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिबी राई जहाँ भएपनि समातेर ल्याउने प्रतिबद्धता जनाएका छन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले आकाश, पाताल जहाँ भएपनि जिबी राईलाई समातेर ल्याउने बताएका हुन् ।

उनले जिबी राईले गरेका हरेक कामसँग आफ्नो नाम जोडिएकोमा आपत्ति जनाए । आफूले ग्यालेक्सी टिभीमा काम गरुन्जेल सम्बन्ध रहेपछि टिभी छोडेपछि सम्बन्ध सकिएको बताए । उनले सहकारीबाट पैसा लिएका व्यक्तिको ब्याज सहित फिर्ता नगरासम्म आफूले राजनीतिबाट विश्राम नलिने दाबी गरे ।

जो जहाँ, देश वा विदेशमा लुके पनि समातेर ल्याउने लामिछानेले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖