• Monday 19th of October 2026

मन्त्री सहित नाउपाका नेताहरुको छलफल, प्रदेश सरकारको समर्थन फिर्ता लिने तयारी


  • धनकुटा खबर
  • .

कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेताहरुले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल सुरु गरेको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका ७ राजकाडाँमा रात्रिकालिन बसाइसहित प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको छलफलमा सहभागी नाउपाका एक नेताले बताए ।

नाउपाका नेता तथा प्रतिनिधि सभा सदस्य अरुण चौधरी, वर्तमान प्रदेश सरकारका विनाविभागिय मन्त्री लक्ष्मणकिशोर चौधरी, प्रदेश सभा सदस्य कैशाल चौधरी, केन्द्रीय सदस्य महेन्द्र उपाध्याय,नाउपाका कैलाली सचिव भक्त चलाउने, नाउपाबाट निर्वाचित जोशीपुर गाउँपालिका अध्यक्ष चित्र चौधरी लगायतका विचका प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको ती नेताले बताए ।

उनका अनुसार १४ गते समर्थन फिर्ता लिने विषयमा छलफल गर्ने भएको छ ।’हामीले प्रदेश सरकारलाई समर्थन कायम राखिराख्नु पर्ने कारण देखेनौ’ती नेताले भने,’१४ गते बैठक बसेर समर्थन फिर्ता लिने निर्णय हुन्छ ।’

उनका अनुसार केन्द्रमा भागबन्डा टुंगो लाग्नासाथ प्रदेशमा समर्थन फिर्ता हुने निर्णय हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नाउपालाई सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दिएर पनि सरकारमा सहभागी गराउन चाहन्छन् । हिजो प्रचण्डले यस प्रस्तावबारे पार्टी अध्यक्ष रन्जिता श्रेष्ठलाई पनि जानकारी गराइसकेका छन् ।

‘अब मुख्यमन्त्रीसहितका विषयमा गठबन्धनको बैठकले निर्णय गर्छ’ती नेताले भने, ‘त्यसपछि केन्द्रको समीकरण अनुसार प्रदेशमा पनि नयाँ सरकारको गृहकार्य सुरु हुन्छ ।’

हिजो दिउँसो राजकाँडा पुगेका नाउपका मन्त्रीसहितका नेता राती त्यहीँ बसेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖