सुर्खेत। नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन्। आइतबार मध्यराति सम्पन्न मतगणना अनुसार निवर्तमान अध्यक्ष अमृत कुमार बिसीलाई २१९ मतान्तरले पराजित गरे । खसेको कुल ४९५ मतमध्ये देवकोटाले ३५१ मत पाए भने बिसीले १३२ मत पाए ।
देवकोटा यसअघि जिल्ला उपाध्यक्ष समेत थिए। पदाधिकारीमा पनि देवकोटाको प्यानलै विजयी भएका छ । यहाँ यामलाल कँडेल र गोरख बोगटी- नवराज रावत समूहले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए ।
गृह जिल्ला भएकाले यहाँ कँडेलको दबदबा छ। पदाधिकारीमा पुनः कँडेलकै टिमकाे वर्चश्व कायम भएको छ। उपाध्यक्षमा कँडेल समूहकै माेहनसिं बडुवाल निर्वाचित भएका छन्। उनले ३४६ पाए ।
सचिवमा डम्बर तिवारी, उप-सचिव खुलामा टिकाराम साेमै र महिलामा सुशीला विश्वकर्मा निर्वाचित भएका छन्। सदस्यहरूको मतगणना भने जारी छ।
यहाँ सर्वसम्मत गर्ने प्रयास गरिए पनि सहमति नभएपछि चुनाव नै भएको थियो । बिहीबारबाट जारी नवौँ अधिवेशन सोमबार सम्पन्न हुने भएको छ।
