• Tuesday 20th of October 2026

कंगनाले लोकसभा चुनाव लड्ने, भाजपाले दियो टिकट


  • धनकुटा खबर
  • .

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत (kangana ranaut) हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा)को उम्मेदवार बन्ने भएकी छन् ।

आइतबार साँझ भाजपा (BJP)ले उम्मेदवारहरूको पाँचौं सूची जारी गरेको थियो, जसमा रनौतलाई मंडीबाट टिकट दिइएको छ।

रनौतले टिकट पाउनु एकदिन अगाडि नै चुनाव लड्ने संकेत दिएकी थिइन् ।हिमाचलको कांगडास्थित बगलामुखी मन्दिरको दर्शन गर्न गएकी रनौतले पत्रकारको प्रश्नको जवाफमा भनेकी थिइन्, ‘आमाले चाहनुहुन्छ भने मंडी संसदीय सिटबाट अवश्य चुनाव लड्छु।’

टिकट पाएपछि रनौतले ट्वीट गर्दै भनिन्, ‘मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैं मेरो भारतीय जनता पार्टीलाई बिना शर्त समर्थन गरेको छु। आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ।’कंगना हिमाचल प्रदेशमा जन्मेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖