• Saturday 17th of October 2026

साधुको भेषमा गाँजा ओसारपसार गर्ने पैसवान


  • धनकुटा खबर
  • .

रौतहट । रौतहट स्थित जिल्लाको पश्चिमी भेगबाट प्रहरीले लागूऔषध गाँजासहित साधुको भेषमा रहेका एकजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ। चन्दन टिका लगाएर साधुको भेषमा रहेका फतुवाबिजयपुर नगरपालिका ११ भैसही टोलका ६३ वर्षीय दयालाल पैसवानलाई साढे १७ किलो ग्राम लागूऔषध गाँजा सहित शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी दुधिअवाका प्रमुख सई प्रभु साहको कमान्डमा गएको संयुक्त टोलीले पैसवानको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको १७ किलो ५०० ग्राम लागु औषध गाँजा बरामद गरेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

पैसवानलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा राखी लागु औषध सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको इन्स्पेक्टर विजय कार्कीले बताए। पछिल्लो समय मकवानपुर जिल्लाको विभिन्न स्थानबाट खरिद गरी लागूऔषध गाँजा तस्करले साधुको भेषमा लुकाई छिपाई सीमावर्ती भारतीय बजार सम्म पुर्‍याउने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖