• Saturday 17th of October 2026

मनकामना जाँदै गरेको जीप दुर्घटना, एकको मृत्यु


  • धनकुटा खबर
  • .

गोरखा— शहीद लखन गाउँपालिका ३ घोर्लेस्वाँरामा शनिबार दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

नवलपरासी पूर्वबाट मझुवादेउराली हुँदै मनकामना जाँदै गरेको ग१च ७६१९ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी जीपमा सवार नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका-४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गैरेको तनहुँको आँवुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उकालो बाटोमा गाडी चढ्न नसकेपछि अनियन्त्रित भई जीप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको थियो। चालक नवलपरासी पूर्व विनयत्रिवेणी गाउँपालिका–४ घर भएका ४७ वर्षीय बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖