• Saturday 17th of October 2026

सालोले भिनाजुको एसइई दिएपछि


  • धनकुटा खबर
  • .

सर्लाही, चैत १९। सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् ।

जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन् । महतोले भिनाजु राकेशकुमार महतो (सिम्बोल नं. ०२२१००४५)बाट एसइई अन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा दिइरहेका थिए ।

महतोलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेका बेला पक्राउ गरेको हो । कृष्णका भिनाजु राकेशकुमार जनकल्याण माध्यमिक विद्यालय धनकौल गाउँपालिका १ धोबिनयाँका विद्यार्थी हुन् ।

राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब अन्य विषयको परीक्षा समेत दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए। नक्कली परीक्षार्थी कृष्ण महतोलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖