• Saturday 17th of October 2026

कोठाभित्रै घाँटी रेटिएको अवस्थामा भेटिए दम्पती


  • धनकुटा खबर
  • .

बाँके । बाँकेमा एक दम्पती गम्भीर अवस्थामा फेला परेका छन्।

खजुरा गाउँपालिका– ३ का २९ वर्षीय महेन्द्र रावत र उनकी २७ वर्षीया पत्नि गम्भीर अवस्थामा फेला परेका हुन्।

गम्भीर घाइते दुवै जनाको अहिले उपचार भइरहेको छ । दुवै जना बेहोस् रहेका कारण घटनाका बारेमा थप खुल्न बाँकी रहेको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको टोलीले उद्धार गरी उपचारका लागि भेरी अस्पताल पुर्‍याएको थियो ।

अहिले उनीहरुलाई नेपालगन्ज मेडिकल कलेज लगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖