• Saturday 17th of October 2026

हराएका बालक मनोज श्रेष्ठको शव नारायणी नदीमा फेला


  • धनकुटा खबर
  • .

चितवन : चार दिन देखी हराइरहेका बालकको शव नारायणी नदीमा फेला परेको छ ।

गत सोमबार देखी हराइएका १२ वर्षीय बालकको शव चार दिन पछि नारायणी नदीमा फेला हो ।भरतपुर महानगरपालिका–११, होपचोक बस्ने वर्ष १२ का मनोज श्रेष्ठ आईतबार देखि हराएको थिए, उनी हराए पछि परिवारले प्रहरीमा खबर गरे पनि तीन दिनसम्म फेला परेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम् प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार बिगत ४ दिन देखी हराइरहेका बालकको शव बिहीबार भरतपुर महानगरपालिका –१६, ज्ञानेश्वर सामुदायिक वन पछाडि नारायणी नदीको किनारमा फेला परेको हो ।

बालकको आफन्त समेतको उपस्थितिमा शवको सनाखत भएको हो । सो बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖