• Saturday 17th of October 2026

ब्वाइफ्रेण्डले सम्वेदनशील अंगको भीडीओ बनाई सञ्जालमा अपलोड गर्दिएपछि


  • धनकुटा खबर
  • .

बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपती महरालाई एक युवकले आत्माहत्या गर्न बाध्य बनाएको आफन्तले आरोप लगाएका छन् ।

डोटीका प्रकाश बलायरले पशुपतीलाई सामाजिक सञ्जालबाट साथी बनाएको र ललाईफकाई सम्बेदनशील अंग देखाउन लगाई भिडियो सामाजिक सञ्जालका ग्रुपहरुमा शेयर गरेपछी आत्महत्या गर्न बाध्य तुल्याएको आफन्तको भनाइ छ ।

प्रहरीलाई सबै जानकारी दिइसकिएको आफन्त समेत रहेका निवर्तमान वडा अध्यक्ष दल बहादुर महराले बताए । सामाजिक सञ्जालमा सेयर भएका तस्बिरहरु समेत आफन्तले फेला पारेका छन् । उक्त तस्बिर सहितका विवरणहरु समेत प्रहरीलाई बुझाइएको छ ।

किशोरीको कोठामा ‘सूसाइड नोट’ फेला परेको छ । उक्त नोटमा आत्महत्याको बाटो रोज्नुको कारण खुलाएकी छैनन् ।

सूसाइड नोटमा परिवार र इष्टमित्रहरुसँग क्षमा मागेकी छन् । आमा बुवाको स्वास्थ्यमा ख्याल गर्न भनेकी छन् भने भाईको गायक बन्ने सपना पुरा होस भन्ने कामना गरेकी छन् । दुई पेज लामो नोटमा उनले आफु यो कारणले आत्महत्या गर्न लागेको भन्ने विषय खुलाएकी छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖