• Saturday 17th of October 2026

घरबाट स्याउला काट्न गएकी महिला बेपत्ता


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीबाट एक विवाहित महिला बेपत्ता भएकी छन्।

जिल्लाको पाटन नगरपालिका–१० सल्लेबासा घर भएकी २० बर्षीया माधवी भट्ट बेपत्ता भएकी हुन्।

सोमबार बिहान घरबाट स्याउला काट्न गएकी माधवी बेपत्ता भएकी उनका आफन्त जयराज भट्टले बताए । घरबाट स्याउला काट्न जान्छु भनेर हिँडेकी माधवीको मोबाइल, हसिया र डोरी घरबाट ३ सय मिटर पर फेला परेको भए पनि उनी कहाँ गइन् भन्ने कुरा खुलेको छैन्।

सोमबारदेखि नै माधवीको खोजीकार्य जारी छ। उनको माइती दार्चुलाको काँडापारीमा पनि खबर गरिएको तर उनी त्यहाँ पनि नगएको पाइएको छ। माधवी हराएको बिषयमा प्रहरीलाई समेत जानकारी गराइसकिएको छ।

उनले घरबाट जाने बेला रातो सुरुवाल र खैरो रंगको स्वीटर लगाएकी थिइन्।

बेपत्ता माधवीलाई कसैले फेला पारेमा ९८४८४६१६१९ र ९८४८९८५४९४ नम्बरमा खबर गरिदिन आग्रह गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖