• Saturday 17th of October 2026

बझाङमा कार्यरत एकजना प्रहरी जवान धनगढीमा मृत फेला


  • धनकुटा खबर
  • .

जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत एकजना प्रहरी जवान मृत फेला परेका छन्। दार्चुलाको शैल्यशिखर–९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक धनगढीमा मृत फेला परेका हुन्।

बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा उनी जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लोकेन्द्रसिंह कार्कीले बताए। घटनाबारे अनुसन्धान भइरहेको पनि कार्कीले बताए।

उनको परिवार धनगढीमा बस्दै आएको र कामबाट बिदा मागेर उनी परिवारलाई भेट्न आएको प्रहरीले बताएको छ।-नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖