• Saturday 17th of October 2026

घरायसी विदामा रहेका प्रहरी जवान मृत भेटिए


  • धनकुटा खबर
  • .

जवान विक धनगढी उपमहानगरपालिका- ७ स्थित जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । बझाङमा सादा पोसाकमा रहेर काम गर्दै आएका जवान विक घरायसी कामको लागि विदा लिएर धनगढी आएको कैलाली प्रहरीले जनाएको छ ।

चैत १३ गते बझाङबाट ४ दिनका लागि बिदा मागेर आएका उनलाई १४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा बोलाइएको थियो । उनीविरुद्ध प्रदेश प्रहरी कार्यालयमा उजुरी परेको छ । त्यसैले छलफलका लागि भनेर उनलाई कार्यालयमा बोलाइएको हो ।

तर, प्रदेशले उनको बुधबार नै बझाङका लागि रमाना (पठाएको) गरेको भनेर जिल्ला प्रहरी कार्यालय बझाङलाई म्यासेजसमेत गरेको थियो । तर रमाना भएका जवान विक रमान हुनुपर्ने दिन नै मृत भेटिएका हुन् ।

स्रोतका अनुसार उनकी पत्नी पनि प्रहरी कर्मचारी नै हुन् । मृतक विकले मृत्युभन्दा अगाडि कैलालीकै गेटामा कार्यरत पत्नीलाई फोनसमेत गरेको थिए । यता प्रहरीले भने घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖