• Saturday 17th of October 2026

इशा अम्बानीले कतिमा बेचिन् आफ्नो घर जेनिफर लोपेजलाई?


  • धनकुटा खबर
  • .

मुकेश अम्बानीकी छोरी इशा अम्बानीले आफ्नो अमेरिकाको लस एन्जलसस्थित घर बेचेकी छन्।

भारतकै धनाढ्य मुकेश अम्बानीकी एक मात्र छोरी इशाले उक्त घर ६१ करोड डलरमा बेचेकी हुन्। इशाले आफ्नो घर हलिउड जोडी जेनिफर लोपेज र बेन एफ्लेकलाई बचेकी छन्।

३८,००० वर्ग फुटमा फैलिएको घरमा १२ बेडरूम, २४ बाथरूम, एक जिम, एक सलुन र स्पा छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले केही दिनअघि घर पास गरेका हुन्।

इशा र आनन्द पीरामलीले विवाह गरेका ६ वर्ष भयो। यस घरमा इशाले गर्भावस्था बेला समय बिताएकी थिइन्। सन् २०२२ मा इशाले जुम्लाहा छोरा कृष्ण र आदियालाई जन्म दिएकी थिइन्।

जेनिफर लोपेजले एफ्लेकसँग २०२२ मा चौथो विवाह गरेका थिए। जेनिफरसँग ३३३२ करोड डलरको सम्पत्ति छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖