काठमाडौं,२३ चैत । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै दायर गरेको रिट उच्च अदालत पाटनमा आज सुनुवाई हुँदैछ ।
रिट सुनुवाईका लागि उच्च अदालत पाटनका मुख्यन्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा पेशी परेको छ ।