• Saturday 17th of October 2026

महेन्द्रको ज्यान लिएर फरार टिप्पर र चालक प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत २४ । कैलालीको लम्की टीकापुर सडक खण्डमा सडक दुर्घटनामा परि मृत्यु भएका महेन्द्र बि.क.को ज्यान लिएर फरार रहेको टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधवार बिहान ५ बजे जानकी गाउँपालिका वडा नम्बर–५ पथरैयाको कर्णाली क्रसर नजिकै सावरीले किचेको अवस्थामा मोहन्याल गाउँपालिका वडा नम्बर–६ का ३७ वर्षीय महेन्द्र बि.क. मृत फेला परेका थिए। मृतक बि.क.लाई से१ख १९३१ नम्बरको टिप्पर र ४७ वर्षीय चालक रामस्वरुप चौधरीलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय टीकापुरले सार्वजनिक गरेको छ।

मंगलवार राति करिब १०ः३० बजे तिर टिप्परले मृतक बि.क.लाई किचेको प्रहरीलाई जानकारी भएको थियो। घटना कसरी भएको थियो भन्ने बिषय अनुसन्धानमै रहेको प्रहरीले बताएको छ। टिप्पर जैगडी क्रसर उद्योगमा चल्ने जानकी गाउँपालिका वडा नम्बर–९ अमरावतीका लोकबहादुर बडुवालको रहको प्रहरीले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖