पोखरा । पोखरा महानगरपालिका-८ नयाँबजार स्थित दराज अनलाइन डेलिभरी भवनमा गत राति चोरी भएको छ ।
शौचालयको सिसा फोडेर भित्र प्रवेश गरी लकरमा रहेको धनमाल चोरी गरी लगेको बताइएको छ ।
प्रहरीका अनुसार चोरले नगद करिब ५ लाख ८२ हजार ५ सय ८० रुपैयाँ, १ थान मोबाइल चोरी गरेको छ ।चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
