• Saturday 17th of October 2026

जहाजमा जस्तै सुबिधा भएको पोखरा—काठमाण्डौ लक्जरी बस सञ्चालन


  • धनकुटा खबर
  • .

पोखरा/ पोखरा देखी काठमाण्डौका लागि फाईभ स्टार लेभलको सुविधा सहितको लक्जरी बस सञ्चालनमा आउने भएको छ । जगदम्बा ट्राभल्सले काठमाण्डौ पोखरा सञ्चालन हुने गरी भाईभ स्टार लेभलको सुविधा सम्पन्न लक्जरी बस बिहीबार देखी सञ्चालनमा ल्याउन लागेको हो ।

५ वर्ष अगाडीदेखि पोखरा काठमाण्डौ र पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले आफ्नो चौथो संस्करणको सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको ट्राभल्सका सञ्चालक केशव अधिकारीले जानकारी दिए ।

सञ्चालक अधिकारीका अनुसार एक करोड ५० लाख लगानीमा सञ्चालन ल्याइएको लक्जरी बसबाट फाइब स्टार लेभलको सुविधा प्रदान गर्ने उद्देश्यले लक्जरी सिट, झ्यालबाट बाहिरको दृश्य सहजै देख्न सकिने, अत्याधुनिक तरिकाले सिट सञ्चालन गर्न सकिने, क्रू सर्भिस, खाजा, कफी, लन्च र हाइटीको ब्यवस्था सहित सुपर भिआइपी बस सञ्चालनमा ल्याइएको हो ।

उक्त बस बिहान ७ः ३० बजे पोखराको पस्र्याङ, लेकसाइड हुदै काठमाण्डौका लागि छुट्ने र सोही समयमा काठमाण्डौको लैनचौर मल्ल होटल बाट पोखराका लागि छुट्ने छ । २९ सिट क्षमता रहेको बसका यात्रुका लागि पोखरा काठमाण्डौको भाडादर २५ सय तय गरिएको छ ।

जगदम्बा कम्पनीले मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आइरहेको र आगामी असार भित्रमा पोखर पटना समेत लक्जरी बस सञ्चालनको तयारी गरिरहेको र बसहरु दिल्लीमा निर्माणाधिन रहेको अधिकारीले जानकारी दिए ।

बस सञ्चालनका लागि पटना सरकार संग सहकार्य भइरहेको उनको भनाइ रहेको थियो । जगदम्बाले यसअघि पोखरा काठमाण्डौ दिवा र रात्री सेवामा लक्जरी बसहरु सञ्चालन गर्दै आइरहको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖