• Saturday 17th of October 2026

हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौँ । पोखरास्थित फेवातालमा डुङ्गा दुर्घटनामा परेका युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बोटिङ गर्ने क्रममा स्याङ्जा अर्जुन चौपारी गाउँपालिका–३ घर भएका सोभित परियार तालमा खसेका हुन् ।

२० वर्षीय परियारलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । हावाहुरीका कारण डुङ्गा पल्टिएर डुबेका उनलाई फेवातालस्थित रेस्क्यू टावरबाट खटिएको टोलले उद्धार गरेको हो ।

हुरीका कारण तालबाराही मन्दिरमा अड्किएका २५ जनालाई पनि उद्धार गरिएको छ ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖