• Saturday 17th of October 2026

सुनसरीमा फेरी कर्फ्यु


  • धनकुटा खबर
  • .

इटहरी । सुनसरीका दुई गाउँपालिकामा फेरि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। हरिनगर गाउँपालिका क्षेत्र र देवानगन्ज गाउँपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मलाई कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ।

शुक्रबारदेखि जारी गरिएको कर्फ्युलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए। सामाजिक, धार्मिक, राजनीतिक सभा, –याली/भेला/ प्रदर्शन गर्ने लगायतका कुनै पनि कार्यक्रम नगर्ने/नगराउने गरी कर्फ्यु आदेश जारी गरिएको हो। यसअघि इनरुवा नगरपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा बिहान १० बजेसम्मका लागि कर्फ्यु जारी भएको थियो।

हिन्दु र मुस्लिम समुदाय झडपमा उत्रिएपछि बनेको अवस्थालाई नियन्त्रणमा लिन शुक्रबारदेखि नै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु जारी भएको थियो। उता इनरुवा नगरपालिका, भोक्राहा गाउँपालिका र कोशी गाउँपालिका क्षेत्रमा भने प्रशासनले सोमबार बिहान १० बजेदेखि कर्फ्यु खुकुलो बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖