• Saturday 17th of October 2026

इटहरी आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना, २२ वर्षीय युवकको मृत्यु


  • धनकुटा खबर
  • .

इटहरी : सुनसरीको रामधुनी ६ इचौलबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

सोमबार दिउँसो ३ः३० बजेतिर प्र १–०२–०४६ प ९०४४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि रामधुनी ५ का सवार २२ वषीय दीपेश चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा साँझ ५ः१० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मोटरसाइकल चालक रामधुनी ५ बस्ने १९ वर्षीय श्रीजल चौधरी गम्भीर घाइते भएका छन् । उनको नोबेल अस्पताल विराटनगरमै उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖