• Saturday 17th of October 2026

९ किलो गाँजासहित कार चालक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । गाँजासहित कार चालकलाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार चालक गोरखाको सुलिकोट गाउँपालिका–४ घर भएका २४ वर्षीय मदन नेपाली छन् ।

जिल्ला इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पोखराको तालचोकबाट शनिबार बिहान पौन ३ बजेतिर पक्राउ गरेको हो ।

ग १ च ५१३२ नम्बरको कारको डिकीभित्र रातो प्लाष्टिकमा पोकामा बनाएर उनले गाँजा ओसारेको आरोप लागेको छ । नेपालीले चलाएको कारबाट प्रहरीले ९ किलो ८ सय ग्राम गाँजा बरामद गरेको छ ।

पक्राउ परेका चालक नेपालीमाथि लागु औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖