• Saturday 17th of October 2026

महँगिन थाल्यो हरियो तरकारीको भाउ


  • धनकुटा खबर
  • .

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

कालीमाटी तरकारी बजारमा आज धेरैजसो तरकारीको मूल्य बढेको छ भने कतिपय तरकारी हिजो अस्तिकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। च्याउ, बन्दा, भान्टा सहितका तरकारीको मूल्य आज केही बढेको छ।

कालीमाटी तरकारी बजारमा आज सबैभन्दा सस्तो तरकारी लोकल बन्दा छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ।

लोकल बन्दा औसतमा २० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा कुरिलो चार सय ५० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖