• Saturday 17th of October 2026

सुनको भाउ अहिले सम्मकै उच्च,रच्यो इतिहास


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ ।

सोमबार प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार ३ सय पुगेको हो । यो हालसम्मकै उच्च हो ।

तेजाबी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖