• Saturday 17th of October 2026

मीरा पुनमगर : हङकङ प्रहरीमा भर्ती हुने पहिलो नेपाली महिला


  • धनकुटा खबर
  • .

काठमाडौ । म्याग्दीकी मीरा पुन मगर हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बनेकी छन् ।

हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भएपनि पहिलो पटक महिलाको भर्ना भएको हो ।

नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’ अन्तर्गत प्रहरी तालिम पूरा गरि मीरा सोमबार प्रहरीमा भर्ना भएकी हुन् ।

यही हिमालय प्रोजेक्ट अन्तर्गत प्रहरी तालिम प्राप्त गरी भर्खरै पास आउट भएकी मीरा पुनमगर पहिलो नेपाली महिला प्रहरी बनेकी नेपाली भाषी समुदायले बताएका छन् ।

उनको अभिभावक लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन् । करिब ३५ हजारको संख्यामा रहेको हङकङ प्रहरीमा यसअघि नै केही नेपाल पनि कार्यरत छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖