• Saturday 17th of October 2026

३ जना मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । रुपन्देही, कैलाली र धादिङमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार रूपन्देहीको देवदह नगरपालिका-११ रेहेरास्थित बालाजी पेपर ईन्डष्ट्रीजमा सेक्युरिटी गार्ड काम गर्ने सोही नगरपालिका-१ लक्ष्मीनगर बस्ने ४७ वर्षीय लक्ष्मण कुमार श्रेष्ठ सोही ईन्डष्ट्रिजको शौचालयभित्र मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कैलालीको टिकापुर नगरपालिका-१ ब्लक नम्बर १५ बस्ने ५० वर्षीया जसुता बटाला पनि सोही नगरपालिका-२ स्थित खोटेना भुरा खानी सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी धादिङको गल्छी गाउँपालिका-२ स्थित त्रिशुली नदीको किनारमा थाक्रे गाउँपालिका-३ बेशीलङुङ बस्ने ४१ वर्षीय कृष्णा अधिकारी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖