• Saturday 17th of October 2026

दुई दिनदेखि बेपत्ता युवती मृत फेला


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा दुई दिनदेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् ।

जिल्लाको पुर्चौडी नगरपालिका–४ भटना ओखडानीकी अन्दाजी २० वर्षीया रेखा बुधबार मृत अवस्थामा परेकी हुन् ।

पारिवारिक स्रोतका अनुसार उनी यही चैत्र २६ गते दिउँसोबाट बेपत्ता थिइन् । रेखा सोही वडाको रानीवनमा मृत फेला परेकी उक्त वडाका अध्यक्ष दिलबहादुर धानुकले बताए ।

उनको गत वर्ष मात्रै विवाह भएको थियो । रेखाका श्रीमान रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका बताइएको छ ।

मृत्युको कारण नखुलेको र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖