• Saturday 17th of October 2026

४ जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । काठमाडोँ महानगरपालिका-१९ इनाटोल बस्ने ४३ वर्षीय विनोद नेपाली भन्ने (विनोद च्यामे) आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी बर्दियाको मधुबन नगरपालिका-४ बाँदर भरिया बस्ने ६९ वर्षीय रामशरण थारू सोही नगरपालिका-४ मौवास्थित सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका-२ मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा विगत २ महिनादेखि सेक्युरिटी गार्ड गर्ने सोही उपमहानगरपालिका-१२ नयाँगाउँ बस्ने गुल्मी मदाने गाउँपालिका-५ घर भएका ४७ वर्षीय मोहन खड्का डिउटी गर्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यता सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-३ ग्यालथुमस्थित इन्द्रावती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖