• Saturday 17th of October 2026

आज एक्कासी ह्वात्तै घट्यो सुनको भाउ


  • धनकुटा खबर
  • .

काठमाडौ । सुनको भाउ रेकर्ड मूल्यबाट सामान्य झरेको छ । लगातार रेकर्ड कायम राखेको सुनको भाउ बिहीबार २ सय रुपैयाँले घटेको हो ।

बिहीबार सुनको मूल्य २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३६ हजार ८ सय रुपैयाँले रेकर्ड कायम राखेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधवार पनि सोही भाउमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖