• Saturday 17th of October 2026

बसको ठक्करबाट आमाले ज्यान गुमाइन्, छोरा गम्भीर घाइते


  • धनकुटा खबर
  • .

मोरङस्थित पूर्व-पश्चिम राजमार्गमा बिहीबार यात्रु बसले ठक्कर दिँदा एकजना महिलाले ज्यान गुमाएकी छन्।

मोरङको कानेपोखरीमा एउटा यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका-८ निवासी ४४ वर्षीया मञ्जु कटुवालको ज्यान गएको हो।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई आज (बिहीबार) बिहान ८ बजेतिर कानेपोखरी गाउँपालिका ७ मा ठक्कर दिएको थियो।

दुर्घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको थियो। उनको बिहीबार बिहान साढे ९ बजे उपचारका क्रममा ज्यान गएको हो।

बसको ठक्करपछि भएको दुर्घटनामा मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल घाइते भएका छन्। प्रहरीका अनुसार मृतक मञ्जु र घाइते अमित आमा-छोरा हुन्।

दुर्घटनामा संलग्न बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।-नेपाल खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖