• Saturday 17th of October 2026

काठमाडौं सहित देशका बिभिन्र भागमा मेघ गर्जनसहित वर्षा


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार दिउँसो वर्षा भएको छ ।

काठमाडौंमा छिटपुट वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

काठमाडौंमा उपत्यकामा पनि हल्कासम्म वर्षाको सम्भावना रहेको उनले बताए । अब (दिउँसो साढे ३ बजे दिइएको जानकारी)को दुई/तीन घण्टा वर्षाको सम्भावना रहेको उनले बताए ।

“काठमाडौं उपत्यकाका कतैकतै छिटपुट वर्षा भएको छ । हल्कासम्म वर्षा हुनसक्छ,” उनले भने, “ठूलो वर्षाको सम्भावना छैन । पश्चिमी क्षेत्रबाट बादल पूर्वतर्फ सर्ने क्रममा छ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖